दफा
लेखा र लेखापरीक्षण

९. लेखा र लेखापरीक्षण

(१) समितिको आय–ब्ययको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ ।
(२) समितिको लेखापरीक्षण महालेखा परीक्षकको विभाग वा सो विभागबाट तोकेको लेखापरीक्षकबाट हुनेछ ।
(३) नेपाल सरकारले समितिको आय–ब्ययको लेखा, तत् सम्बन्धी कागजात र अरु नगदी, जिन्सी जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।